Table of Content

बडहरेे हिरामणिटार दार्मे हुँदै चोकदे ग्रामीण सडकमा ठेकेदारकाे लापरबाही, स्थानिय सरकार मौन।

बडहरे हिरामणिटार दार्मे हुँदै चोगदे जोड्ने ग्रामीण सडकको ठेक्का पाएको बुद्ध कन्स्ट्रक्सन प्रा.लि काे सडक निर्माणमा लापरबाही गरेको पाइएको छ।


गुणस्तरहिन काम हुँदा बनेका सडकका नालिहरु एक साता नबित्दै भातिकिनुका साथै पानीले बगाउन थालेका छन्। साथै ग्रावेल गर्नका लागि 80% बढि माटो मिसिएको सामग्री झारको पाइएको छ। ग्राबेलको लागि कम्पनिले झारेको सामाग्री देख्दा त स्थानियको आखामा छारो हाल्नको लागि काम गरेको जस्तो देखिन्छ। यस कुराको जानकारी  स्थानिय युवाहरूले गाउँपालिकामा गराउँदा गाउँपालिका प्राविधिक ई. सुबास अधिकारी आफूले नै स्वीकृत गरेको जानकारी आएको स्थानीय युवाहरुको भनाइ छ। यसबाट के बुझ्न सकिन्छ भने ठेकेदार  लगायत उपभोक्ता समिति र गाउपालिका को मिलोमतो मा लापर्बाहि ढङ्गले काम भइरहेको देखिन्छ ।


 

Post a Comment